अष्ट्रेलियामा रुचाईयो ‘दिमाग खराब’

फिल्म । नेपालमा सकारात्मक समीक्षा प्राप्त गरेको फिल्म ‘दिमाग खराब’ लाई अष्ट्रेलियामा रुचाईएको छ । फिल्मका निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले त्यहाँ दर्शकसँग फिल्म मात्र हेरेनन्, साक्षात्कार समेत गरे । दर्शकला प्रवासी नेपालीले भन्न र दिन खोजेको संदेश फिल्ममार्फत पर्दामा पाएको सुनाए । नेपालमा आफ्नो प्रदर्शनको छैटौं हप्तामा रहेको फिल्मले विश्वव्यापी दर्शकको साथ पाइरहेको छ ।

यसले नेपालमा समेत दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । वितरकका अनुसार सिनेमाले छैंटो हप्तासम्म करिब १० करोडको हाराहारीमा व्यापार गरेको अनुमान छ । यद्यपी निर्माण टिमले अहिलेसम्म व्यापार बारेको तथ्यांक सार्वजनिक गरेको छैन् ।

रौनक विक्रम कँडेलको निर्माण र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल तथा सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्