फिल्म । नेपाली फिल्ममा अनमोल केसी र सलिनमान बनियाँ प्रतिष्पर्धी मानिन्छन् । अनमोलले खेल्न नमानेको फिल्म ‘ए मेरो हजुर २’ मार्फत सलिन उदाए । कोरियन लुक्स भएकै कारण सलिन नोटिस मात्र भएनन्, उनको डिमाण्ड पनि बढ्यो । अनमोललाई अभिनय गराउन नसक्ने निर्माता तथा निर्देशकले आफ्नो फिल्मको क्यारेटरमा सलिनलाई फिट देखे । अर्थात् लभस्टोरी भूमिकाको लागि उनी राम्रो विकल्प बने । यद्दपि दोस्रो फिल्म ‘यात्रा : द म्यूजिकल भ्ल्ग’ पश्चात सलिन फिल्ममा सक्रिय छैनन् । आफ्नो व्यवसायमा व्यस्त सलिन अहिले अनमोलसँगको तस्वीरका कारण चर्चामा छन् । यी दुईको भेटघाटको कारण हुन्, सलोन बस्नेत ।
अनमोलको डेब्यु फिल्म ‘होस्टेल’ र सलिनको डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मा को-स्टारको रूपमा सलोन देखिएका थिएँ । यसकारण पनि सलोन दुवैसँग नजिकछन् । प्राय फिल्मनगरीसँग सम्पर्कमा नरहने अनमोल र सलिन भने सलोनसँग नजिकछन् । बेलाबखतमा सलोनले दुवैलाई भेट्ने गरेका छन् । नजिकको साथी भएकै कारण अनमोल र सलिन आज विहेमा एक साथ देखिएँ ।
सलोनले प्रेमिका करिश्मा केसीसँग सोमबार विवाह गरे । जहाँ अनमोल र सलिनको भेटघाट मात्र भएन, राम्रैसँग गफिए । यी दुईको यो पहिलो भेटघाट भने होइन । यसअगाडी पनि सलोनकै व्रतबन्धमा यी दुईको भेटघाट भएको थियो । युवापुस्तामा लोभलाग्दो क्रेज बनाएका अनमोल र सलिनले विहेको रमझममा एकअर्कालाई राम्रै समय दिए । कुराकानी देखि खानसम्म दुवै साथ देखिए । सार्वजनिक रुपमा विरलै भेट्ने अनमोल र सलिनले एकअर्काको फिल्म आउँदा सामाजिक सञ्जालमार्फत संदेश पठाउदै ‘शुभकामना’ दिने गरेका छन् । एउटै तस्वीरमा देखिएका सलिन र अनमोललाईसँगै पर्दामा हेर्ने चाहना फ्यानको नभएको होइन । तर, हालै यो सम्भव छैन ।










