फिल्म । पछिल्लो समय आफ्नो फिल्मको प्रचारप्रसार गर्न फिल्मकर्मीहरु रियालिटी शोहरुमा पुग्न थालेका छन् । यो भिडभाड पछिल्लो समय ‘कमेडी क्लब विथ च्याम्पियन्स’को स्टूडियोमा देखिन् थालेको छ । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका थिए । नेपाल टेलिभिजनबाट प्रशारण हुने यो शोको युट्युबमा पनि रुचाइन थालेपछि फिल्मीकर्मीका लागि फिल्म प्रमोशनको हब बन्न थालेको हो । सोमबार असोज १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाबरी’का मुख्य कलाकारहरु अदिती वुढाथोकी, धिरज मगर र धिरज नाडकर फिल्म प्रमोशनका लागि कमेडी शोमा पुगे ।
नायक धिरज मगरले लोकप्रिय शो भएकाले पनि फिल्म प्रमोशनको राम्रो प्लेटफर्म भएको बताए । यस्तै, सोमबार नै असोजको २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा फिल्म प्रमोशनका लागि उक्त शोमा पुगेका थिए । शो असारको अन्तिमसम्म चल्नेछ । एकातिर, फिल्म रिलिजको क्यालेन्डर बाक्लो हुनु र अर्कोतिर प्रमोशनका लागि मेकरले नयाँ नयाँ प्लेटफर्म खोज्नुले पनि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ फिल्मकर्मीका लागि हब बन्न थालेको हो ।










