संगीत । गायक ओम सुनार र गायिका कविता श्रेष्ठको ‘तिम्रो कसम’ बोल रहेको गीत सार्वजनिक गरिएको छ । ओम सुनारको शब्द र संगीत रहेको गीतको भिडियो राग म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत रिलिज गरिएको छ। सार्वजानिक गीतको भिडियोमा मोडेलहरु अलि खान , पूजा तिवारीसंगै मोडलसंगै गायिका समेत रहेकी सुमी खड्काको अभिनय रहेको छ ।
विभिन्न आकर्षक लोकेसनमा खिचिएको म्युजिक भिडियोलाई दर्शकले रुचाउने भिडियोका निर्देशक अर्जुन भण्डारीले आशा व्यक्त गरे। भिडियोमा दर्जनौं पाकिस्तानी फिल्ममा छायांकन गरिसकेका इकबाल अंजुमको छायांकन तथा विष्णु खड्काको सम्पादन रहेको छ। अमिर खानको निर्माण रहेको म्युजिक भिडियो गायक समुद्र खतिवडाको सह-निर्माणमा बनेको हो।
कमेन्ट गर्नुहोस्










