फिल्म । यसवर्ष नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि घरेलु बक्सअफिसमा राम्रो व्यापार गर्ने फिल्म ‘अञ्जिला’ बनेको छ । यसवर्ष कत्तिकपछि प्रदर्शन हुने फिल्ममा सर्वाधिक व्यापार गरेको फिल्म नेपालसँगै विदेशका केही हलमा समेत प्रदर्शन हुँदैछ । ,मार्च २७ देखि डायस्पोरा प्रदर्शन प्रारम्भ गरेको फिल्मले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको फिल्म ‘अञ्जिला’ का वितरक करण श्रेष्ठले दावी गरेका छन् ।
उनले आफूलाई प्राप्त भएको दैनिक कलेक्सन रिपोर्टका आधारमा ग्रस कलेक्सन सार्वजनिक गरेको दावी गरेका छन् । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, दोस्रो सातामा पनि फिल्मको व्यापार उस्तै रहेको छ ।
निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे । ‘कथा, प्रस्तुतीकरण र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ । आगामी दिनमा अझ राम्रो प्रदर्शन हुने आशा छ’, निर्देशक चाम्सले भने ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।











