फिल्म । ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । र इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा यो कार्यक्रम आउँदो वर्ष सन् २०२५ को जुलाईदेखि क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए ।
उनले भने,’हामीले विभिन्न कार्यक्रम पश्चात यो शो भव्य रुपमा गर्न लागेका छौँ । यहाँका नेपालीले डिमाण्ड गर्नुभएका कै कारण उहाँहरूलाई लिएर शो गर्न लागेका हौँ । यो शोमा हाँस्ने र दिल खोलेर नाच्ने हो ।’
विगतमा प्रकाश सपूत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका भण्डारीले कार्यक्रममा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न पाउने बताएका छन् । उनका अनुसार क्यानडाको टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यानकुभर लगायतका सहरमा कार्यक्रम हुनेछ ।
क्यानडामा प्रस्तुती दिने खबरले कमेडियन सुमन कार्की उत्साहित छन् । अमेरिका, युके र युरोपमा आफ्नो प्रस्तुती दिईसकेका कार्कीले यसपटकका लागि विशेष तयारी गरिरहेको जनाएका छन् । कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास लिएका छन् ।