फिल्म । अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जाल मार्फत दिएकी छिन् । नयाँ बर्षको पहिलो दिन ऋचाले सबैको आर्शिवादको अपेक्षा समेत गरेको उल्लेख गरेकी छिन् ।आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ’ ऋचाले लेखेकी छिन् ।
ऋचाले एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा भएको पनि उल्लेख गरेकी छिन् । ऋचाले दिपेक्ष विक्रम राणासंग गतबर्ष वि.सं २०७६ सालको मंसिर महिनामा बिहे गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्










