चिसो मान्छे र लकडाउन बन्ने

फिल्म । निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ फिल्मको तयारी थालेका छन् । साउन १५ मा चलचित्र विकास बोर्डमा दिपेन्द्रको निर्देशनमा बन्ने ‘लकडाउन र चिसो मान्छे’ दर्ता गरिएको छ । सामाजिक कथावस्तुमा आधारित रहने दुवै फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । शर्मिला र दिपेन्द्रको सहकार्य रहेको पछिल्लो फिल्म ‘आमा’ ले राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो ।

सरकारले छायांकनका लागि अनुमती दिएसँगै ‘चिसो मान्छे’ को छायांकन गर्ने तयारीमा टीम जुटेको छ । फिल्मलाई रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ भने फिल्म डिएस डिजिटलको व्यानरमा निर्माण हुनेछ ।

कमेन्ट गर्नुहोस्