‘मनोरञ्जनमा बौद्धिक रस हाल्ने कला हामीमा हुनुपर्छ’

फिल्म । बलिउडमा प्रसिद्ध फिल्म निर्देशक तथा निर्माता प्रकाश झा यतिबेला काठमाण्डौमा छन् । उनि नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा सहभागी हुन् नेपाल आएका हुन् । उनका फिल्महरु मार्फत उनले यहाँका दर्शक र फिल्मकर्मी माँझ छुट्टै छाप छाडेका छन् । कसैले उनलाई राम्रो डकुमेन्ट्री बनाउने मारको रुपमा मार्क गरेका छन् भने कसैले पोल्टिकल र सोसल इस्युमा फिल्म बनाउने निर्देशनको रुपमा । उनले दर्शक र फिल्मकर्मी माँझ फरक परिचय बनाउन सफल भएका छन् । बलिउडमा अमिताभ बच्चन , अजय देवगन देखि पछिल्लो पुस्ताका कलाकारहरु रनबीर कपूर , दीपिका पादुकोण , कट्रिना कैफसँग काम गरिसकेका झा डकुमेन्ट्री मेकरको रुपमा सन् १९७५ मा डेब्यु गरे । उनको पहिलो डकुमेन्ट्री सेन्सर भएको डेट त्यहि हो । बिहारमा हुर्किएका झा बलिउडका राम्रा निर्देशकमा पर्छन् ।

उनले निर्देशन गर्ने फिल्म र त्यसमा उठाइने इस्यु उनके एक वर्गको दर्शकलाई आफ्नो फ्यान बनाएका छन् । नेपाल – भारत बोर्डर नजिक हुर्किएका झाले काठमाण्डौ आउने मौका भने बल्ल पाएका छन् । निफको तेस्रो संस्करणमा फिचर फिल्म तर्फको जुरी हेड समेत रहेका झा झन्डै एकसाता नेपाल बसाइमा छन् । पहिलो पटक उनि नेपाल भने आएका हैनन् । बोर्डर साइडमै हुर्किएका झा विरगंज भने धेरै पटक आएका छन् । ‘बाल्यकालमा म धेरै पटक विरगंज पुगेको छु , सामान किन्न वा यतिकै घुमघाम गर्न’ उनले भने । उमेरले साढे ६ दशक र फिल्ममा साढे ४ दर्शक पार गरिसकेका झाले कल्पना गरेको भन्दा भिन्न रहेछ काठमाण्डौ । ‘मैले सोचेको थिए यहाँ हिमालय होला , पहाड होलान तर यो सहर पनि हाम्रो जस्तै छ’ उनले भने । यद्दपी उनलाई यो सहर सुन्दर लाग्यो । उनले पशुपति नाथ पुग्न पनि भ्याईसकेका छन् ।

‘त्यहाँ एउटा छुटै आनन्द छ , छुटै अनुभूति हुन्छ त्यसैले पुग्ने पहिलो मौका पाए’ तर उनले दर्शन भने गर्न पाएनन् । उनि त्यहाँ पुग्दा मन्दिर बन्द भएपनि घुमघाम गरेरे आए । भेटिएका एक भक्तजनले उनलाई घुमघाममा सहयोग गरे । पश्चिम चम्पारण स्थित बेतियामा जमिएका झाले नेपालसँग नजिकको नाता रहेको बताए । उनले थपे ‘मलाइ लाग्छ हामी दाजुभाई हौँ किनकी हाम्रो धेरै कुरा एकआपसमा मिल्छ ।’विहाममा हुर्किएका झालाई बलिउड प्रवेश भने सहज थिएन । बाल्यकालमा आर्मी स्कुलमा पढेका उनले महिनामा एक फिल्म मुस्किलले हेर्न पाउथे । उनको परिवारमा फिल्म वा बलिउडसँग जोडिने कोहि थिएनन् । तर , आज झा बलिउडका प्रसिद्ध निर्देशक मध्यका एक बनिसकेका छन् । किनकी उनलाई फिल्ममा रुची भयो । त्यो पनि अचानक । एक दिन फिल्म छायाँकन देखेपछी उनलाई लाग्यो अब यहिँ काम मैले गर्नु पर्छ ।

‘म कहिँबाट प्रभावित भएको हैन एक दिन सन एण्ड साइन होटेल , जुहूमा छायाँकन देखे त्यसपछि त्यहि काम गर्ने सोच म मा बढ्यो अनि एफटिआइआइ ज्वाइन गरे’ उनले भने । उनि मुम्बई जेजे आर्ट कलेज पढ्न पुगेका थिए । उनले फिल्ममा सम्पूर्ण कला देखे । उनले भने ‘यो विधामा सम्पूर्ण कला छ र यो भन्ने सशक्त माध्यम पनि हो त्यसैले लगाव बढ्यो ।’ उनले आफुलाई डकुमेन्ट्री फिल्म मेकरको रुपमा गाडी ल्याए । उनको पहिलो डकुमेन्ट्री सन् १९७५ मा सेन्सर भयो । त्यसपछि उनले आफ्नो यात्रालाई बलिउड तर्फ मोडे । उनको पहिचान बलिउड निर्देशक स्थापित छ । यद्दपी आज पनि उनि आफुलाई डकुमेन्ट्री मेकर भन्न रुचाउछन् ।

‘डकुमेन्ट्रीमा हरेक चिज नेचुरल हुन्छ र त्यसको मजा छुटै हुन्छ । म त्यसलाई इन्जोय गर्छु । त्यसमा रमाउछु’ उनले भने । उनि फिल्म र डकुमेन्ट्रीमा यहि फरक देख्छन । ‘भन्ने आसय त्यहिँ केवल फरक हुन्छन् त भाषा । एउटामा नेचुरल इमोसन हुन्छ भने अर्कोमा तपाइँ ड्रामा गरेर त्यसलाई जेनेरेट गर्नु हुन्छ’ झाले भने । उनि निर्देशित सोसल , इकोनोमिक्स र पोल्टिकल इस्यु बेस्ड फिल्मले दर्शकको साथ बढी पाएका छन् । तर , उनले आफु त्यस्तो इस्यु खोज्ने भन्दा पनि कथा खोज्ने गरेको बताए । डेब्यु फिल्म नै उनले यस्तै सामान्य कुराकानीकै क्रममा बनाएको बताए । ‘हामी दामुलको तयारीमा थियौँ तर निर्माता पाएका थिएनौँ । तर , हामीसँग मनमोहन शेट्टीको एउटा ग्रुप थियो जसले स्पोर्ट्स ड्रामा बनाउने प्रस्ताब ल्यायो । त्यसपछि मैले गुल्जार सरलाई फिल्ममा ल्याएर तयार गरे’ झा डेब्युको दिन सम्झीए ।

दर्शक माँझ उनको बढी लोकप्रिय फिल्म बन्यो , गंगाजल , अपहरण र राजनीति । झा स्वयम् पनि यस्ता सब्जेक्टमा बढी चासो लिन्छन् । ‘मैले राजनीति , व्यवस्थाले पार्ने प्रभावमा कथा खोज्छु । मलाइ त्यस्तो कथा मन पर्छन । तर , यो यतिकै होइन किकी एउटा फिल्मको कथालाइ बर्षौ लाग्छ’ उनले फिल्म मेकरले मेहनत गर्नु पर्ने बताए । उनलाई गंगाजलको कथालाइ झन्डै ७ वर्ष र राजनीतिको कथालाई ५ वर्ष लाग्यो । उनले मेहेनतसँगै दर्शकलाई दिने फिल्म उनकै भाषामा हुने पर्ने तर्क अगाडी सारे । उनले नेपाल र भारतको मार्केट कमर्सियल भएकोले यहाँ हल पुग्ने फिल्म दर्शककै इच्छा अनुसारको हुनु पर्ने बताए । उनले आफ्नै फिल्म ‘दामुल’ को एक किस्सा शेयर गर्दै व्यावसायिक जोखिम कम गर्दै कलात्मक फिल्म बनाउन आग्रह गरेका छन् ।

नेशनल अवार्ड समेत जितिसकेका प्रकाशलाई घरमै काम गर्ने ललिता बाइले ‘अर्को पटक फिल्म बनाउनु’ भनेपछि उनले आर्टलाई कमर्सियल भ्यालुसँग मिक्स गरेको बताए । ‘फिल्म भनेको व्यवसाय हो त्यसैले हलसम्म आउने दर्शक तपाइको कामबाट सन्तुष्ट हुनुपर्छ’ झाले भने ,’हामीले कलात्मक अभिव्यक्तिको लागि मात्र फिल्म बनाउने गरेका छौ भन्छौ भने हामी झुट बोलिरहेका छौ ।’ उनले व्यसायिक फिल्म बनाउनु गलत नभएको बताए । उनले मार्केटको डिमाण्ड अनुसार आफुलाई अगाडी बढाउँन सुझाए । ‘दर्शकलाई मनोरंजन चाहिन्छ तर त्यसमा बौद्धिक रस हाल्ने कला हामीमा हुनुपर्छ । जीवनी जिउनु नै एक व्यापार हो भने फिल्म किन होइन ?’ झाले प्रश्न तेर्साए । उनले मास मिडियमलाई प्रयोग गर्दा उनले बुझ्ने भाषामै फिल्म बनाउनुको विकल्प नरहेको उनको तर्क थियो । यद्दपी आर्टलाई उनले उतिकै मान्ने गरेको छन् ।

‘कलात्मक फिल्मले हलमा दर्शक पाउन मुस्किल छ किनकी यसको एक लिमिटेसन छ । यसलाई हेर्ने र ताली बनाउने त मान्छे भेटिन्छन तर निकै कम’ उनले भने । उनले उदाहरणको रुपमा आफ्नै फिल्म परिक्षालाई अगाडी सारे । ‘परिक्षाले नेशनल अवार्ड त जित्यो , विभिन्न फेस्टिभलमा त पुग्यो तर हल रिलिज गर्न सकेका छैनौ’ झाले भने । उनले त्यसमा कमर्सियल भ्यालु , आकर्षण र मनोरंजन नरहेको समेत प्रस्ट्याए । ‘केहि कथा आफैमा पूर्ण हुन्छ त्यसलाई त्यसै अनुकुल भन्नु पर्छ । आफैमा पुरा भएको विषयलाइ विगार्यो भने त्यो आर्टको अवमूल्यन हुन्छ । मैले पनि त्यता फिल्म बनाएको छु जसमा परिक्षासँगै मट्टू कि साइकल पनि पर्छ’ झाले पछिल्ला यी फिल्म हलमा नभई डिजिटल माध्यममा आउने बताए । उनको बुझाइमा फिल्म ‘फाइन आर्ट मिडियम’ हो तर फिल्म दर्शकले बुझ्ने शैलीमा हुनुपर्छ , नकी मेकरको । सोसल र पोल्टिकल इस्युमा फिल्म बनाउने गरेका झाले समाज परिवर्तन गर्न फिल्म आवश्यक नपर्ने धारण अगाडी सरे । ‘समाज त समयानुकूल आफै बदलिन्छ त्यसका लागि तपाइको फिल्म चाहिंदैन । बरु तपाइको फिल्म समाज अनुसार हुन्छ , नकी फिल्म अनुसार समाज । यसको मतलव बौद्धिक समाजले राम्रो फिल्म बनाउ सक्छन भन्ने होइन’ उनले आफ्नो बुझाइ साटे ।

उनले बलिउडमा ठुला स्टार भन्दा कन्टेन रुचाइनुलाई समाजकै परिवर्तनको रुपमा लिन्छन् । उनको बुझाइमा अब सस्तो सिक्वेल र मेहनत विनाको कन्टेनलाइ दर्शक सजिलै प्राप्त हुदैनन् । ‘अडियन्सले नयाँ चिज खोज्छ यसका लागि अब फिल्म मेकरले कथा खोज्नु जरुरि छ । साथै , खोजिएको कथा दर्शककै हुनुपर्छ , जसमा उनले आफुलाई महसुस गर्न पाउन’ झाले बताए । उनले स्टार कास्टलाई कसरि फिल्ममा लिने भन्नेमा भन्दा कन्टेनलाई कसरि ग्लोबल बनाउने भन्नेमा दिमाग खियाउन सुझाए । ‘हामीले ग्लोबल कन्टेन नल्याउदासम्म ग्लोबल दर्शक पाउन सक्दैनौ , त्यसैले मेहनत स्टारमा हैन कन्टेनमा गर्नुस’ उनले सुझाव दिए । पछिल्लो समय ‘आश्रम’नामक वेब सिरिजको छायाँकन सकेका झाले आउँदो एक /दुइ वर्ष भित्रमा ‘जनादेश’ नामक फिल्म दर्शकसामु ल्याउने समेत बताए । उनि निफको समापन समारोहमा सरिक भइ मंगलवार भारत फर्किनेछन् ।

कमेन्ट गर्नुहोस्