विजयलाई बलिउड डेब्युको लागि ४८ करोड ?

फिल्म । साउथ इण्डियन फिल्मनगरीमा एकाएक चर्चामा आएका कलाकार हुन् , विजय देवरकोण्डा । ‘अर्जुन रेड्डी’ मा देखिएपछि उनको फ्यान साउथ इण्डिया मात्र सिमित भएनन् , त्यो बढेर बलिउडसम्म आइपुग्यो । अर्थात् उनलाई अर्जुन रेड्डीसंगै गीता गोविन्दम , डियर कामरेड लगायतका फिल्मले बलिउडमा पनि फ्यान बढाउन मदत गर्यो । यसैले गर्दा यतिबेला विजयको फिल्मको पर्खाइ बलिउडका दर्शकलाई पनि उत्तिकै छ । विजयको प्रभाव हिन्दी भाषाको दर्शकमा देखेपछि यतिबेला बलिउडको ठुलो व्यानर यशराज फिल्म्सले उनलाई अफर गरेको छ ।

यशराज फिल्म्सले उनलाई बलिउड डेब्युको लागि ४८ करोडको अफर गरेको हो । बलिउडमा रणवीर सिंह , अनुष्का शर्मा , वाणी कपूर जस्तो कलाकारलाई भित्र्याई सकेको यशराजले तिन फिल्मको लागि विजयलाई सो रकम दिन तयार भएको हो । यदि विजयले उक्त प्रस्तावमा सहमति जनाउछन् भने उनले लगातार बलिउडमा तिन फिल्म यशराज व्यानरकै गर्नु पर्ने हुन्छ । व्यानरले अन्य कलाकारको हकमा पनि यहिँ शर्त लागु गर्ने गरेको छ । अब हेरौ विजयले यो प्रस्ताव स्वीकार गर्छन , या गर्दैनन् ? किनकी उनले बलिउडकै अर्को ठुलो प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको अफर भने स्वीकारेका थिएनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्