‘शुद्ध मंगल ज्यादा सावधान’ युएईमा प्रतिबन्ध

फिल्म । बलिउड अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘शुद्ध मंगल ज्यादा सावधान’ युएई प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । शुक्रबार देखि विश्वभर प्रदर्शनमा रहेको फिल्म युएईका सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो । पुरुष समलिंगी ‘गे’ को कथामा आधारित फिल्म भएकाले दुबईमा प्रतिबन्ध लगाइएको खबर स्थानीय सञ्चार माध्यममा छन् । फिल्ममा अभिनेता खुराना पुरुष समलिंगी ‘गे’ को भूमिकामा देखिँएका छन्। यसअघि अभिनेता खुराना र जितेन्द्र कुमारबीचको किस सिन हटाइएमात्र फिल्म रिलिज गर्न सकिने सम्भावना रहेको बताइएको थियो।

हितेश केवाल्याले निर्देशन गरेको ‘शुभ मंगल ज्यादा सावधान’ मा अभिनेता खुरानासहित नीना गुप्ता र गजराज रोयलगायतका कलाकारले अभिनय गरेका छन्। सन् २०१२ मा ‘विक्की डोनर’ बाट बलिउडमा डेब्यु गरेका अभिनेता खुरानाले सज् २०१७ को ‘शुभ मंगल सावधान’ मा यौन रोगी, २०१८ को ‘अन्धाधुन’ मा दृष्टिविहीन र गत वर्षको ‘ड्रिम गर्ल’ मा युवती र ‘बाला’ मा तालु खुईले युवकको भूमिका निर्वाह गरेका थिए। (एजेन्सी)

कमेन्ट गर्नुहोस्