सर्यो हेराफेरीको शुटिङ

फिल्म । बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यसको रिलिज भएको दुवै सिरिजलाई दर्शक साथ मिल्यो भने बक्स अफिसमा निकै कमाइ गर्यो । यसैले गर्दा यसको चर्चा बलिउडमा हुने गर्छ । यसको नयाँ सिरिज छिटै बन्ने र यसलाई ‘टोटल धमाल’ निर्देशक इन्द्र कुमारले निर्देशन गर्ने चर्चा बि-टाउनमा छ ।

फिल्म अक्षय कुमार , सुनिल शेट्टी र परेश रावलको वरपर घुम्छ । फिल्मको लागि सुनिल र परेशले समय निकालेता पनि अक्षयले भने मस्य निकाल्न सकेका छैनन् । किनकी उनि यतिबेला मिसन मंगल , गुड न्युज , हाउसफुल ४ , सूर्यवंशी लगायतका फिल्मको काममा ब्यस्त छन् ।

फिल्मको बिजी सेड्युलले गर्दा उनले नयाँ फिल्मलाई समय दिन सकेका छैनन् । यसैले गर्दा पनि फिल्मको काम अगाडी बढ्न सकेको छैन । यस अगाडी पनि फिल्म अन्य कलाकारलाई लिएर शुटिङमा जाने चर्चा नभएको त होइन तर दर्शकले अक्षयलाई नै खोज्ने भएपछी फिल्म बन्न सकेको छैन । राजु , श्याम र बबुरावको वरपर घुम्ने कथालाई दर्शकले भरपुर रुचाएका थिए , यसैले गर्दा पनि मेकरले अक्षयलाई नै पर्खिरहेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्