यसरि ‘जिरो’ बने शाहरुख (भिडियो)

फिल्म । शाहरुख खान अभिनित तथा निर्मित फिल्म ‘जिरो’ प्रदर्शन भईसकेको छ । शाहरुख यस फिल्म मार्फत पनि आफुलाई ‘किंग खान’ सावित गर्न चुकेका छन् । तर फिल्ममा शाहरुखले निभाएको क्यारेक्टरको चर्चा भने छ । उनलाई होचो कदको देखिन सहज भने थिएन । आफ्नै भिएफएक्स स्टुडियो भएकोले पनि उनले ‘रा-वान’ र ‘जिरो’ जस्ता फिल्म तयार गरेका हुन् । शाहरुखलाई कसरि उनको कद भन्दा छोटो बनाइयो त ? यो जिज्ञाषा फिल्म हेर्ने अधिकाँसलाई छ ।

यो जिज्ञाषा रहिरहदा निर्माण पक्षले केहि मेकिङ फुटेज सार्वजनिक गरेको छ । जसमा उनलाई होचो बनाइएको मात्र होइन एक दृश्यको लागि गरिएको मेहनत पनि देखाइएको छ । फिल्ममा शाहरुखले मेहनत गरेता पनि साता बित्दा समेत एक सय करोड कल्बमा फिल्म पुग्न सकेको छैन । आनन्द एल रायको निर्देशनमा तयार भएको फिल्ममा शाहरुखसँगै अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा छिन ।

कमेन्ट गर्नुहोस्