इमरानको ‘चिट इन्डिया’ विवादमा

बलिउड । सिरियल किसरको ट्याग समेत पाएका एक्टर इमरान हास्मी पछिल्लो समय फिल्म ‘चिट इण्डिया’ को काममा व्यस्तछन् । पछिल्लो फिल्म ‘बाद्शाहो’ बलिउड बक्स अफिसमा कमाल देखाउन नसकेपछी आउदो प्रोजेक्टमा इमरान भिन्न अवतारमा प्रस्तुत हुदैछन । इमरानले फिल्ममा आफुलाई रोमान्टिक ब्वाई नै देखाउनेछन् तर कमेडी शैलीमा । उनको कमेडी अवतारलाई फिल्म ‘चिट इण्डिया’ देख्न पाइनेछ । फिल्ममा उनको को-स्टार छिन , श्रेया धनवण्थरी । उनले यसै फिल्म मार्फत बलिउडमा डेब्यु गर्दैछिन ।

फिल्मलाई सौमिक सेनले निर्देशन गरिरहेका छन् भने लेखन पनि उनकै रहेको छ । तर यो फिल्मको कथा आफ्नो फिल्म ‘मार्कशीट’ सँग मिल्ने भन्दै दिल्लीका लेखन दिनेश गौतम र एक्टर इमरान जैनले आरोप लाएका छन् । उनले आफ्नो कथा सन् २०२१ मै ‘इण्डियन स्क्रिप्ट राइटर्स एशोसियसन’ मा दर्ता गरिसकेको भन्दो कथा चोरीको आरोप लगाएका हुन् । फिल्म इमरान हास्मीको समेत लगानी रहेको छ , यसैले गर्दा इमरान सहित अन्य निर्माण कम्पनिलाई नोटिस पठाउने तयारीमा दिनेश छन् ।

कमेन्ट गर्नुहोस्