सिल्वेस्टर ‘रेम्बो’ अवतारमा आउँदै

हलिउडको चर्चित एक्सन फिल्म ‘रेम्बो’ को नयाँ सेरिजलाई दर्शकले चाडै हेर्न पाउने भएका छन् । सन् १९९२ मा रिलिज भएको फस्ट सेरिज देखि नै चर्चामा रहेको फिल्मको पाँचौ सेरिज छिटै आउने खबर बाहिरिएको छ । पहिलो सेरिजमा देखिदा ३६ वर्षका सिल्वेस्टर स्टलन पाँचौ सेरिजमा काम गर्दै गर्दा ७१ वर्षका भइसकेका छन् ।

दोस्रो सेरिज देखि नै उनले रेम्बोको उपनाम पाएका थिए । हलिउडसँगै नेपाली दर्शक माँझ पनि आफ्नो क्रेज छोड्न सफल सिल्वेस्टरले नयाँ फिल्मको लागि निकै मेहनत गरेका छन् । उनि स्वयम् फिल्मका निर्माता मध्यका एक पनि हुन् । हलिउड न्युज केन्द्रित केहि वेबसाइटले रेम्बोको पाँचौ सेरिजलाई उनको अन्तिम एक्सन फिल्म लेखेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्