फिल्म । बाहुबली सिरिज, केजीएफ, पुष्पाले नेपाली बजारमा गरेको व्यापारकै कारण पछिल्लो समय नेपालमा साउथ इन्डियन फिल्म भित्रिन थालेका छन् । अहिले हिन्दी भाषामा स्वरांकन भएका साउथ इन्डियन फिल्म नेपाली हलमा समेत पाइन्छ । शुक्रबार अबेर सेन्सर भएपछि शनिवारबाट नेपालमा ‘वरिसु’ प्रदर्शन हुँदैछ ।
साउथ र नर्थ इन्डियाका दर्शकले गतिलो समीक्षा नदिएको फिल्मले हलमा शो भने राम्रै पाएको छ । कोइमोइले ‘वरिसु’लाई २ रेटिङ दिँदै विजयको अभिनय र डान्सभन्दा बाहेक हेर्न लायक अरु केही नभएको उल्लेख गरेको छ । त्यस्तै, हिन्दूस्तान टाइम्सले समीक्षामा ट्रेलर हेरेर ठूलो अपेक्षा राखे फिल्मले नराम्ररी निराश बनाउने बताएको छ । खराब समीक्षा प्राप्त भएता पनि नेपालमा यसले राम्रो शो पाएको छ ।
परिवारको कथा भन्ने फिल्मले दर्शकको कस्तो साथ् पाउनेछ ? यो भने आउँदो दिनमा थाहा हुनेनै छ । यद्दपि, कमजोर समीक्षाका कारण नेपालमा दर्शकको खडेरी पर्ने सम्भावना भने देखिएको छ ।













