‘अक्षरा’ मा सुशील

फिल्म । निर्माणाधीन फिल्म ‘अक्षरा’को शुभमुहूर्त सम्पन्न भएको छ । शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो । मुहूर्त शटमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन, एक्सन–कट मधुसूदन भट्टराईले गरेका थिए भने क्ल्यापिङ लव प्याकुरेलले दिएका थिए। नारिवल दीपक दंगालले फुटाएका थिए।

फिल्ममा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ । साथै बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाको पनि भूमिका रहनेछ।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्देशक बिनयराज पौडेल हुन्। फिल्ममा सुरेन्द्र रानाको गीत, कर्णराज गिरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ।

यस फिल्ममा मेकअप मदन न्यौपाने, भेषभूषा प्रार्थना भट्टराई र छायांकन दीपेन बस्न्यातले सम्हाल्नेछन्। निर्माण व्यवस्थापक सुमन काफ्ले हुन् भने पोस्टर डिजाइन राकेश दाहालले गरेका छन्। फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रालिमार्फत दीपक दंगालले गर्नेछन्।

मुख्य सहायक निर्देशक दिवस बोहोरा र सहायक निर्देशक मनोज बोहोरा रहेका छन् भने सम्पादन गौतमराज खड्काले गर्नेछन्। कार्यकारी निर्माता सुरज थापाकाजी र निर्माता उग्रसेन ढुंगाना तथा सुग्रसेन ढुंगाना रहेका छन्। फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन्। दर्जनौँ फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिसकेका बिनयराज पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन्।

कमेन्ट गर्नुहोस्