चितवनमा ‘बिगुल’ को छायांकन निरन्तर

फिल्म । निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ’, निर्देशक कोइरालाले भने,‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत र केही सिन काठमाडौंमा खिच्ने छौं ।’

दिनेश कोइरालाको कथा रहेको फिल्ममा समाजीक बिषयबस्तु उठान गरिएको छ । बेनिशा हमाल, नरेन खड्का, बिनोद न्यौपाने, नीर शाह, रबिन्द्र खड्का, रमेश बुढाथोकी, गीता अधिकारी, सरोज खनाल, शिसिर वाङ्देल, इश्वरी बराललगायतका साथमा नव अभिनेत्री मिरा पण्डित मुख्य भूमिकामा रहेको फिल्मले मनोरञ्जनका साथमा समाजीक सन्देश समेत प्रस्तुत गर्ने बताइन्छ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता कल्पना पौडेल हुन् । कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी कमल राई र कविराज गहतराजले गर्नेछन् । शिब ढकालको छायांकन रहेको फिल्ममा एनवी महर्जनको द्वन्द्व निर्देशन, मौनता श्रेष्ठको पटकथा, श्याम केसीको निर्माण ब्यबस्थापन छ । फिल्म यहिँ वर्ष दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।

कमेन्ट गर्नुहोस्