फिल्म । भारतीय तेलुगु सुपरस्टार जूनियर एनटीआर भारतीय फिल्मका पिता मानिने दादासाहेब फाल्केको बायोपिकको भूमिकामा देखिने भएका छन् । ‘मेड इन इण्डिया’ नामक सो फिल्मलाई वरुण गुप्ता (म्याक्स स्टुडियो) र एसएस कार्तिकेयद्वारा सेप्टेम्बर २०२३ मा प्यान इन्डिया शीर्षकको रूपमा घोषणा गरिएको थियो।
फिल्मको घोषणा भए देखि नै सो फिल्मका लागि एसएस राजामौली, एसएस कार्तिकेय र वरुण गुप्ता मिलेर स्क्रिप्टमा लगनशीलताका साथ काम गरिरहेका थिए । तर, अहिले उनीहरूले पटकथा फाइनल गरेका छन् । सो स्क्रिप्ट फाइनल भएपछि जुनियर एनटीआरलाई सुनाइएको थियो, जसले तुरुन्तै सो परियोजनाका लागि आफ्नो स्वीकृति दिएको पिंकभिलाले रिपोर्ट गरेको छ ।
‘एनटीआर जुनियरले स्क्रिप्ट सुने र फादर अफ इन्डियन फिल्म भनेर चिनिने दादासाहेब फाल्केका बारेमा कम सुनिएका र बाहिर नआएका कथाहरू त्यसमा समावेश गरिएको थियो । जानकारहरूका अनुसार सो कथाले भारतीय फिल्मको जन्म र उदयलाई वर्णन गरेको छ र विस्तृत विवरणले एनटीआर छक्क परेका छन् ।
उनी अहिले निर्देशक प्रशान्त नीलको पिरियड एक्शन ड्रामा ‘ड्र्यागन’ को छायांकनमा ब्यस्त रहेका छन् र त्यसपछि निर्देशक नेल्सन दिलीप कुमारको अर्को फिल्मको छायांकनमा जानेछन् । दुवै फिल्मको काम पूरा गरे पछि जुनियर एनटीआरले ‘मेड इन इन्डिया’ को छायांकनमा सहभागी हुनेछन्, जुन उनले आफ्नो करियरमा अहिलेसम्म गरेको भन्दा फरक फिल्म हुने जनाइएको छ । यसैबीच, अभिनेता यशराज फिल्म्सको जासूसी एक्शन थ्रिलर ‘वारः २’ मा ऋतिक रोशनको सह-अभिनेताको रूपमा चाँडै पर्दामा देखिँदै छन् ।










