फिल्म । नेपाली फिल्ममा ‘चपली हाइट २’ मार्फत उदाएकी मोडल पारामिता आरएल राणाले टलीउडमा डेब्यु गर्ने भएकी छिन् । उनले आफ्नो आधिकारिक समाजिक सञ्जाल मार्फत साउथ स्टार गोपी चन्दसँग फिल्म गर्न लागेको जानकारी दिएकी छिन् । उनले श्री वेन्कटेस वारा सिने चित्र एलएलपीद्वारा निर्माण हुने २६ औ फिल्ममा काम गर्दैछिन् । उनले फिल्मसँग आफु जोडिन पाउँदा निकै खुसि लागेको लेखेकी छिन् ।
‘मलाइ अडिसनको बारेमा जानकारी दिने र यहाँसम्मको यात्रामा साथ् दिने सम्पूर्णमा धन्यवाद’ उनि लेख्छिन् ‘मैले डेब्यु फिल्ममै साउथ इण्डियन स्टार गोपी चन्दसँग काम गर्न पाउँदा निकै उत्साहित छु ।’ उनले टलीउडमा पहिलो कदम चल्दै गर्दा निकै उत्साहित भएको बताएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत मुह्रतको फोटो तथा भिडियो सार्वजनिक गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्











