किन फरक छ ‘कर्मा’ ?

फिल्म । अभिनेता विपिन कार्की फिल्म ‘कर्मा’मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो । ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो हुनेछ । निर्देशक सौरभ चौधरीले अन्य फिल्म भन्दा फरक भूमिकामा कलाकारलाई प्रस्तुत गरिएको बताए ।

दुवै पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मा’मा कस्तो हुनेछ, प्रतिक्षाको विषय बनेको छ । विपीन र मुकुन दुवैले एक्सनका लागि मेहनत गरेको सौरभको भनाइ छ । ‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले आइरहेका भन्दा फरक रहेको मुकुनले यसअघि नै बताएसकेका छन् ।

‘कर्मा’मा उपासना विपीन कार्कीको अपोजिटमा छिन् । विपीन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन ड्रामा ‘कर्मा’ सस्पेन्स र एक्सन जनरामा छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

कमेन्ट गर्नुहोस्