फिल्म। रजनिकान्तको अभिनय रहने नयाँ फिल्म ‘जेलर’ मा अभिनेत्रीको रूपमा तमन्ना भाटिया तय भएकी छिन्। यसको घोषणा स्वयम् उनैले सामाजिक सञ्जालमार्फत गरेकी हुन् । फिल्ममा उनको को-स्टार रजनिकान्त हुनेछन् । उनले यसको खुसीयालसमेत साटेकी छिन् ।
‘अन्तत: मैले उहाँसँग स्क्रिन सेयर गर्दैछु । म धेरै नै खुसि छु साथै गौरवान्वित महसुश गरिरहेकी छु’, उनले लेखेकी छिन् । फिल्मको छायांकन सुरू भएको छ। फिल्ममा काम गरेको अनुभव साट्न अधैर्य रहेको समेत तमन्नाले उल्लेख गरेकी छिन् । फिल्मलाई नेल्सन दीलिपकुमारले निर्देशन गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्











