साहित्य । हलिउड निर्देशक मार्क ट्राभिसद्वारा लिखित फिल्म निर्देशक सम्बन्धि पुस्तकको नेपाली संस्करण ‘निर्देशकको यात्रा’ विमोचन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्देशक मोहन राईले अनुवाद गर्नुभएको नेपाली संस्करण ‘निर्देशकको यात्रा’ लाई शिल्पी थियटरमा विमोचन गरिएको हो । अनुवादक राईले पुस्तकलाई नेपालीमा ल्याउनु आफ्नो सपना रहेको बताए ।
‘यसलाई बजारमा सहजै पाउन सकिन्न। यो निर्देशकको लागि उपयोगी छ। अङ्ग्रेजीमा भएकाले सबैले बुझ्न नसक्ने हुँदा नेपालीमा ल्याउने प्रायश दशक अगाडी देखिकै हो’, अनुवादक राईले भने । विमोचन समारोहमा निर्देशक नबिन सुब्बा, ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, अभि सुवेदी, अभिनेता दयाहाङ राई, युरोपियन युनियन डेलिगेशन अफ नेपाल प्रमुख जोएल हिभोनेट लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्










