फिल्म । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ पोष्ट प्रोडक्सनको क्रममा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीले ‘अन्तिम संस्कार’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने आफूहरुको पहिलो प्रयास रहने बताए । ‘हाम्रो पहिलो प्रयास अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा लैजाने रहन्छ’, उनले भने, ‘त्यसपछि मात्रै चलचित्र हलमा रिलिज हुनेछ ।’ फिल्मको अर्थ मानिसको मृत्युपश्चात गरिने संस्कार हो । निर्देशक शाहीका अनुसार चलचित्रमा ‘मर्डर मिसयूज’को कथालाई समावेश गरिएको छ । सामाजिक एवं सांस्कृतिक कथावस्तुमा रहेका आईरहेका भन्दा विल्कुलै फरक खालको चलचित्र निर्माण गर्ने प्रयास गरिएको उनको दाबी छ ।
लण्डनमै पोष्ट प्रोडक्सनको काम भईरहेको ‘अन्तिम संस्कार’ मा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती लगायतका कलाकारहरुको अभिनय छ ।










