आँचलको ‘शिर माथी शिरफूल’ (भिडियो)

संगीत । म्युजिक भिडियो ‘शिर माथी शिरफूल’ सार्वजनिक गरिएको छ । शिरमाथी शिरफूलको गीतमा एसडी योगी र अस्मिता अधिकारीको आवज रहेको छ । उक्त गीतको शब्द कृष्ण सुवेदीले दिएका छन् भने लय सिर्जना गायक योगीकै रहेको छ ।

छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञानलाई फिचर गरिएको छ । भिडियोमा सुनिल छेत्रीको कोरियोग्राफीको देख्न सकिन्छ ।

सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेको बताएका छन् । पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार , गायक र सङ्गीतलाई प्रवर्द्धन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्