फिल्म । पछिल्लो समय इन्टरनेट केन्द्रीत सर्ट फिल्महरु आउने क्रम बढ्न थालेका छन् । कोरोना भाइरसको दोस्रो लहर विस्तारै समान्य बन्दै गर्दा इन्टरनेट रिलिजले तिब्रता पाइरहेको छ । पछिल्लो समय अनन्तप्रसाद तिमल्सेनाले निर्देशन रहेको सर्ट फिल्म ‘कुमारी’ सार्वजनिक भएको छ । यौनजन्य व्यवसायमा आश्रितको कथालाई ‘कुमारी’ मा समेटिएको छ ।
निर्देशक अनन्तले ८ मिनेटमा यौनजन्य गतिविधिलाई अंगाल्नुको वाध्यतासंगै उनीहरुलाई सामान्य जीवनमा स्थापित गर्न सक्ने विषयलाई जोड दिएका छन् । यसमा निरुता खड्का र अनन्त स्वयम् मुख्य भूमिकामा छन् । फिल्ममा निरुता यौनकर्मीको भूमिकामा देखिएकी छन् भने अनन्त उनकी गाउँले दाईको भूमिकामा छन् ।
पानस मिडियाबाट रिलिज गरिएको सर्ट फिल्ममा रोजा तिमल्सेना प्रस्तुतकर्ता छिन् भने यसमा तारा थापा किम्भेको सम्पादन , निर्देशक अनन्तकै लेख्न रहेको छ ।
कमेन्ट गर्नुहोस्












