वसन्तले घोषणा गरे ‘दशमी’

फिल्म । निर्देशक वसन्त निरौलाले आफ्नो निर्देशनमा आगामी फिल्म ‘दशमी’ निर्माणको घोषणा गरेका छन् । आज भक्तपुरको सूर्यविनायकस्थित गणेशथान मन्दिरमा स्क्रीप्ट पूजा गर्दै रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति र राजकुमार पण्डितको लगानी फिल्म निर्माण हुने घोषणा गरिएको हो ।

गत दसैँमा प्रदर्शन गरिएको फिल्म ‘ज्वाइँ साब’ टिमसँग निर्देशक निरौलाको यो दोस्रो सहकार्य हो । दीलिप रानाभाटको लेखन रहेको फिल्ममा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्यको पनि लगानी रहने छ । यसका कार्यकारी निर्माता विजय बस्याल रहेका छन् ।

आउँदो दसैँमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेता पनि निर्देशक निरौलाले फिल्मको स्क्रीप्ट पूजा बाहेक अन्य जानकारी भने दिएका छैनन् ।

कमेन्ट गर्नुहोस्