फिल्म । भारतकै प्रतिक्षित फिल्म ‘सहो’ को टिजर सार्वजनिक भएसंगै बढेको चर्चालाई ‘साइको सैया’ बोलको गीतले पनि बढायो । आउँदो अगस्ट १५ मा रिलिज हुने फिल्मको टिजरमा प्रभासलाइ कुल र एक्सन अवतारमा प्रस्तुत गरिएको छ । विशेष गरि फिल्मको सार्वजनिक टिजरले फिल्मको भव्यतालाई प्रस्ट्याएको छ । फिल्मको एक्सन र मेकिङले जो कसैलाई आकर्षित गर्न सक्छ । ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभाससँगै श्रद्धा कपूर पनि डेरिंग देखिएकी छिन । एक्सनको लागि गरिएको मेहनतले फिल्मको प्रतिक्षा गरिरहेका दर्शकलाई अझै कौतुहल बनाएको छ । विदेशी भूमिमा पनि एक्सनको लागि गरिएको मेहनतले फिल्मको हाइप बढाउने निश्चित छ । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् ।
हालै सार्वजनिक भएको खबरलाई आधार मान्ने हो भने फिल्मको ८ मिनेटको फाइटको लागि झन्डै ७० करोड रुपैया भारु खर्च गरिएको छ । उक्त फाइटले फिल्मको भव्यतालाई दर्साउने निर्माण टिमको भनाइ छ । फाइटलाई केनीले नै कोरियोग्रफ गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । (एजेन्सी)