शंकरको फिल्म ‘बन्द’ हुनसक्ने

फिल्म । भारतीय फिल्म इतिहासकै महँगो फिल्म ‘२.०’ निर्देशनपछी यतिबेला निर्देशक शंकर नयाँ फिल्म ‘इण्डियन २’ को काममा व्यस्त छन् । कमल हसन अभिनित फिल्म ‘इण्डियन’ को सिक्वेलमा पनि उनिनै महत्वपूर्ण भूमिकामा छन् । फिल्ममा इण्डियनले भारतलाई बचाउन गरेको संघर्षलाई देखाइएको छ । यसमा कमल एक्सन अवतारमा देखिएका छन् ।

फिल्ममा बलिउड अभिनेता अभिषेक बच्चनले पनि काम गर्ने भएका छन् । फिल्ममा कमल सेनापतिको भूमिकामा छन् भने उनको को-स्टार छिन् , काजल अग्रवाल । दर्शकले फिल्ममा यी दुईको रोमान्स समेत देख्न पाउनेछन् । अघिल्लो फिल्म ‘विश्वरुपम’ मा देखिएका कमलले यसमा पनि आफुलाई एक्सन अवतारमा प्रस्तुत गर्नेछन् ।

कमेन्ट गर्नुहोस्