प्रदेश नम्बर २ मा ८२ जनामा संक्रमण पुष्टी

देश । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ८२ जना नयाँ संक्रमित पुष्टी भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएको विवरण अनुसार सप्तरी जिल्लाको राजगढ़ गाउँपालिका १२ जना पुरुष रहेका छन । काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार सिरहा जिल्लाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाईनका ५ जना पुरुष संक्रमिति भएका हुन ।

धनुषा जिल्ला धनौजी शंकर मा.वी क्वारेन्टाईनका ४ जना, प्रादेशीक अस्पतालजनकपुरमा १ जना र हसंपुर नगरपाकिलाका २ पुरुषहरु संक्रमिति भएका छन । त्यसैगरी महोतरी लोहरपट्टी नगरपालिका क्वारेन्टाईनका २ जना पुरुषहरु संक्रमित भएका छन ।

सर्लाही जिल्लाको जनता मा.वि. अगरवा क्वारेन्टाईनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जना संक्रमिति भएका हुन । जसमध्ये ३ जना महिला रहेका छन ।

धुलिखेल अस्पतालमा गरिएको परिक्षण विवरण अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टाईनका ४ जना संक्रमितत भएका हुन । जस मध्ये यमुनामाईका क्वारेन्टाईनका एक जना महिला पनि संक्रमित भएका हुन । प्रदेश २ मा कोभिड संक्रमितहरुको जम्मा संख्या ६९५ पुगेको छ भने उपचार पछि डिस्चार्ज हुनु भएको संख्या ९८ रहेको छ ।

कमेन्ट गर्नुहोस्