देश । उपचार गराई रहेका एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमित अस्पतालबाट भागेका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा रहेका ४५ वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् । अस्पतालको आइसोलेसन कक्षमा राखिएका संक्रमित भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।
मानसिक रोगि समेत रहेका उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए । संक्रमित अस्पतालबाट फरार भएपछि उनको खोजी थालेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ । उनि सर्लाही स्थित धनकौलमा भेटिएको तेस्रो संक्रमित हुन् । हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलका ति ४५ वर्षिय व्यस्कले झ्याल फोडेर विहान भागेका हुन् । जनकपुरको प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाईको छ । जहाँ सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत छन्।












