ट्वीटरमा नयाँ फिचर

विदेश । पछिल्लो समय मानिसहरुको समय सामाजिक सञ्जालमा धेरै नै बित्ने गरेको छ । मानिस आफ्ना रुचाइ अनुसार चाहिने सामाजिक सञ्जालमा साने विताउने गर्छन । पछिल्लो समय ट्वीटरमा बौद्धिक मानिसले आफ्नो विचार राख्ने गर्छन । समयानुसार माइक्रो ब्लगिङ साइट ट्वीटरमा हालैका दिनहरुमा एक नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचर अन्तर्गत अब इस्टाग्राम स्टोरिज जस्तै २४ घण्टामा आफै हराउने खालका ट्वीट गर्न सकिने छ ।

२४ घण्टामा ट्वीट आफै डिलिट हुने ट्वीटरको यो फिचरलाई fleets नाम दिइएको छ । यो फिचर ब्राजिलमा मात्रै पछिल्लो समय परीक्षण भइरहेको ट्विटरले जनाएको छ । यस्तो ट्वीटलाई रिट्वीट गर्न सकिने छैन भने त्यस्ता ट्वीटमा लाइक अप्सन पनि हुने छैन । साथै यस्तो ट्वीटरमा गरिने रिप्लाइ सामान्य ट्वीटमा देखापर्ने कमेन्ट्सको रुपमा नभै ट्वीटकर्तालाई डाइरेक्ट मेसेजको रुपमा प्राप्त हुनेछ । ट्वीटर प्रयोगकर्ताले चाहेको खण्डमा पर्सनल मेसेजलाई रिप्लाई पनि गर्न सक्नेछ । ट्वीटरको यो नयाँ फिचर स्नापच्याट, फेसबुक तथा इन्स्टाग्रामको स्टोरिज फिचरसँग मिल्दोजुल्दो छ, जहाँ २४ घण्टाका लागि फोटो तथा मेसेज शेयर गर्न सकिन्छ जुन पछि आफैं डिलिट हुन्छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्