आँचल लेख्छिन् ,’फेक भिडियो बनाउने विरुद्ध एक भएर सामना गरौँ’

फिल्म । पछिल्लो २ दिनदेखि सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्ने गिरोह सक्रिय देखिएको छ । नेपाल – भारत सिमानाला लिएर विवाद बढ्दै गएपछि भारतीय ह्याकरले नेपाली सरकारी अनलाइनमा कब्जा गर्नुका साथै नेपालीको चरित्र हत्या गर्ने प्रयास समेत गरिरहेका छन् ।

पछिल्लो २ दिनयता फेक भिडियो तयार गरेर सार्वजनिक गर्ने क्रम बढेपछि चलचित्र कलाकार संघले पनि यसमा ध्यानाकर्षण भएको जनाएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले हनुमानढोका पुगेर आफुले गलत नियत राखेर तयार पारिएको भिडियो सम्बन्धि उजुरी दिने तयारीमा रहेको जनाए । उनले सबैले एकै पटक उजुरी दिने भन्ने विषयमा छलफल भईरहेको बताएका छन् ।

फेक भिडियो तयार गरेर सामाजिक संजालमा भाइरल बनाएर मानसिक तनाव दिन केही गिरोह सक्रिय देखिएपछी केही कलाकारले भने प्रहरीमा उजुरी दिइसकेका छन् । यसै सन्दर्भमा अभिनेत्री आँचल शर्माले त्यस्ता व्यक्तिको विरुद्धमा एक भएर लाग्नुको विकल्प नरहेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो अवस्थामा शुभचिन्तकको साथको आवश्यकता रहेको समेत औल्याएकी छिन् । उनले लेखेकी छिन्–‘अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका जसले गरेका छन्, तिनीहरुको विरुद्धमा एक भएर अगाडि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथीभाई अनी शुभचिन्तकको साथको जरुरी छ । कृपया सहयोग गरिदिनुहोस् ।’

आँचलले लेखेको स्टाटस यस्तो छ :-

आफ्नो देशको बारेमा बोल्दा , राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन् तिनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथी भाई अनि शुभचिन्तकको साथको जरुरी छ मलाई । कृपया सहयोग गरिदिनुस ।🙏🙏🙏
कमेन्ट गर्नुहोस्