सर्लाहीका किशोरमा आरडिटीबाट कोरोना ‘पोजेटिभ’

देश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमित तराइमा बढ्दो छ । भारतसँग बोर्डर जोडिएको जिल्लामा लुकिछुपी आउने भएकाले पनि कोरोना संक्रमणको महामारी बढ्ने डर छ । यद्दपी स्थानीय प्रसासनले बोर्डरमा कडाइ भने गरेको छ । यसैबीच सर्लाहीको धनकौल गाउँपालिकाले क्वारेन्टाइनमा राखेका एक किशोरमा आरडिटी टेष्ट रिपोर्ट पोजेटिभ आएको छ ।

शुक्रबार दिउँसो आरडीटी किटमार्फत परीक्षण गर्दा १४ वर्षीय किशोरमा पोजेटिभ देखिएको र उनलाई शुक्रबार साँझ नै प्रादेशिक अस्पताल जनकपुर पठाईएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

उनलाई शुक्रबार साँझ नै प्रादेशिक अस्पताल जनकपुर पठाईएको छ । उनीसँगै क्वारेन्टाईनमा राखिएका अर्का एकजनालाई पनि जनकपुर नै पठाईएको प्रजिअ जिसीले जानकारी दिए । जनकपुरमा दुवैजनाको पीसीआर टेष्ट हुनेछ । र्यापिडमा पोजेटिभ देखिएपनि पीसीआर टेष्ट नगरी कोरोना भाईरस (कोभिड–१९) पुष्टी हुँदैन । धेरैजसो र्यापिड टेष्ट पोजेटिभ देखिएको केसहरुमा पीसीआर टेष्टले नेगेटिभ देखाईरहेको छ ।

धनकौल निवासी ती किशोर १४ दिनअघि दिल्लीबाट आएको र आउने वितिकै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेको थियो । सर्लाहीका विभिन्न स्थानीय तहमा क्वारेन्टाईनमा राखिएका ६६ जनाको र्यापिड टेष्ट गरिसकिएको र ६५ जनाको नेगेटिभ देखिएपनि पहिलो पटक किशोरमा पोजेटिभ आएको हो ।

कमेन्ट गर्नुहोस्