विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १९ लाख १८ हजार ८ सय ५५ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५ सय ८८ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ४ लाख ४८ हजार ९ सय ९८ जना निको भएका छन् ।
पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली र फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको डर बढ्दो छ । इटालीमा मृतक संख्या २० हजार ४ सय ६५ पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या २३ हजार ६ सय ४ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ५९ हजार ५ सय १६ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ५ लाख ८६ हजार ५७ पुगेको छ । इटालीमा ३५ हजार ४ सय ३५ जना संक्रमण मुक्त भएका छन् भने अमेरिकामा ४३ हजार ६ सय ३७ जना संक्रमण मुक्त भएका हुन् ।
स्पेनमा मृतक संख्या १७ हजार ७ सय ५६ पुगेको छ भने संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ । फ्रान्समा मृतक संख्या १४ हजार ९ सय ६७ पुगेको छ भने संक्रमितको संख्या ९८ हजार ७६ पुगेको छ । बेलायतमा मृतक संख्या ११ हजार ३ सय २९ र संक्रमितको संख्या ८८ हजार ६ सय २१ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ३ हजार १ सय ९४ रहेको छ भने यहा १ लाख ३० हजार ७२ संक्रमित रहेका छन् ।
(एजेन्सी)









