‘प्रेम गीत ३’ को नर्थ अमेरिका राइट्स विक्री

फिल्म । प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को विदेश राइट विक्री सुरु भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले सिनेमाको नर्थ अमेरिका राइट्स महँगोमा खरिद गरेका छन् । निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाको लागि ४५ हजार अमेरिकी डलर (५१ लाख, ३४ हजार १ सय ५३ रुपैयाँमा दुई पक्षिय सहमति भएको हो । यी नर्थ अमेरिकाका सर्वाधिक जनसंख्या भएका देश हुन् ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्मको पहिलो गीत ‘हात्ती ढुंगामा’ रिलिज भैसकेको छ । प्रदीप खड्का र क्रिष्टिना गुरुङको शिर्ष भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् । आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म आउँदो नयाँ वर्षको अवसर पारेर चैत २८ मा रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्