फिल्म । रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने फिल्म ‘हेल्लो काँशीराम’ को छायाँकन सुभारम्भ गरिएको छ । कमेडी जनराको फिल्ममा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायक दिलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहनेछ । ‘हेल्लो काँशीराम’ पूर्ण हाँस्य प्रधान फिल्म बन्ने निर्देशक रिम बिस्वकर्माले बताए ।
पी.बि.थापा सह निर्माता रहेको फिल्मलाई यम आले मगरले छायाँकन गर्दैछन् भने जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् । २५ दिनमा छायांकन सक्ने योजना सहित आजबाट फिल्मको छायाँकन प्रारम्भ भएको छ । यसमा शंकर महर्जनको द्वन्द,दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् । यसमा दिलिप र नवज्योतिको अलावा अर्जुन गुरुङ,उमेश मायालु,उमेश राइ सरोज केसी,सुमन खाँड लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ ।
कमेन्ट गर्नुहोस्