फिल्म । गत तिन वर्ष यता रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रपति निवास शितल भवनमा प्रदान गरिएको छ । एकै पटक वि.सं २०७३, २०७४ र २०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको हो । वि.सं २०७४ सालको कुरा गर्ने हो भने पुष्प खड्काले फिल्म ‘मंगलम’बाट उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन् भने, बेनिशा हमालले फिल्म ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी छिन् ।

यसैगरी सम्पादन तर्फ ‘मंगलम’ बाटै मित्रदेव गुरुङ , छायाँकन तर्फ ‘कृ’बाट पुरुषोत्तम प्रधान , लेखन तर्फ ‘धनपति’ बाट खगेन्द्र लामिछानेले पुरस्कार जिते । यसैगरी निर्देशन तर्फ ‘ब्लाइन्ड रक्स’ बाट मिलन चाम्सले अवार्ड जिते भने फिल्म तर्फ पनि ‘ब्लाइन्ड रक्स’ ई उत्कृष्ट बन्यो । उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषिको पुरस्कार भने फिल्म ‘टिन्छेन फामा’ले जित्यो ।

यस्तै, उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार–महिलातर्फ मिथिला शर्मालाई ‘मंगलम’बाट पुरस्कार प्रदान गरियो । ‘उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार–पुरुष’तर्फ भने रमेश रञ्जन झाले ‘शत्रुगते’बाट पुरस्कार प्राप्त गरे । यस्तै, २०७४ सालको ‘चलचित्र दीर्घ साधना सम्मान’ निर्देशक किशोर रानामगरलाई प्रदान गरिएको थियो । उनलाई नगद ३ लाख ५१ हजार, सम्मापनत्र प्रदान गरिएको थियो । तर, कार्यक्रममा निर्देशक राना भने अनुपस्थित थिए ।
तस्वीरहरु : श्रीधर पौडेल / मेरोफिल्म डटकम

