‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुञ्जिदै विश्व

फिल्म । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरस्थित जर्मन होम्स होटलले ‘न्यू इयर इभ सेलिब्रेसन’ आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षण रहनेछ ।

नृत्यतर्फ रोसिका राउत (डान्स च्याम्पियन नेपाल सिजन १ की विजेता) र विरेन श्रेष्ठ (नेपहोलिक क्रु, डान्स प्लस सिजन ३)को विशेष प्रस्तुति रहनेछ । यससँगै लोकप्रिय डीजेहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा काउन्टडाउन सेलिब्रेसनले कार्यक्रमलाई थप आकर्षक बनाउने होटल व्यवस्थापनले जनाएको छ ।

‘न्यू इयर इभ सेलिब्रेसन’सँगै सोही अवसरमा होटलका नयाँ कोठाहरू पनि सार्वजनिक गरिने जनाइएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा आधुनिक आतिथ्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको होटलले सेवा विस्तारसँगै ग्राहक तथा पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा सहभागी पाहुनाका लागि असीमित गाला डिनर, विविध परिकारसहितको फुड एन्ड बेभरेज सेवा तथा परिवार, कर्पोरेट समूह र पर्यटकलाई लक्षित विशेष आतिथ्य व्यवस्था गरिएको छ । होटल व्यवस्थापनका अनुसार गठ्ठाघर क्षेत्रलाई नयाँ पर्यटन तथा लाइफस्टाइल हबका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कोटेश्वरबाट करिब पाँच मिनेटको दूरीमा अवस्थित होटल सहज पहुँचका कारण पनि आकर्षणको केन्द्र बन्दै गएको छ ।

होटलमा करिब २ सय ५० जना अट्ने क्षमताको रेष्टुरेन्ट, खुला आँगन (कर्टयार्ड), टेरेस, निजी डाइनिङ स्पेस तथा विभिन्न कार्यक्रमका लागि उपयुक्त २,००० जना अट्ने बलरुम उपलब्ध छ । साथै सेमिनारका लागि ३,००० जना अट्ने हलको सुविधा रहेको छ । यसले विवाह, पार्टी, कर्पोरेट मिटिङ र सम्मेलनका कार्यक्रमका लागि एकीकृत गन्तव्यका रूपमा सेवा दिने लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्