‘माछा माछा’ मा सृष्टीको आइटम (भिडियो)

फिल्म । मंसिर २० मा प्रदर्शन हुने क्राइम-कमेडी जनरामा निर्मित फिल्म ‘माछा माछा’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘म्याडम म्याडम’ बोलको आइटम नम्बरमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छन् । दुईलाई विजय बराल र अनोज पाण्डेले साथ दिएका छन् । गीतका गायक र संगीतकार अनुपम शर्मा हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा सौगात उपस्थित थिए तर सृष्टी भने उपस्थित भइनन् ।

फिल्ममा सौगात, विजय र अनोजसँगै माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा फिल्म आधारित रहेको उनले बताए ।

फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने , यसलाई शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । फिल्ममा दयाहाङ अतिथी भूमिकामा छन् ।

कमेन्ट गर्नुहोस्