फिल्म । अभिनेता सौगात मल्ल र पुर्व मिस नेपाल सृष्टी श्रेष्ठको प्रेमको बारेमा सबै जानकार नै छन् । सौगातको लिड रोल रहेको तथा सृष्टीको केमियो रहेको फिल्म ‘माछा माछा’ शुक्रबारबाट प्रदर्शनमा आउदैछ । फिल्मको रिलिजकै सातामा राजधानीमा प्रिमियर गरियो । प्रिमियरमा सौगात आफ्नो प्रेमिका सृष्टीसंगै पुगे । फिल्ममा भने सृष्टी सौगातको म्याडम बनेकी छन् । आइटम गीतमा देखिएकी सृष्टीमा फिदा भएर सौगात नाचेका छन् । यी प्रेमी जोडी प्रिमियरमा संगै पुगेनन् मात्र , पुरै फिल्मसंगै हेरे । फिल्म हेरिसकेपछि सृष्टीले सौगातको कामको प्रसंसा गरिन् । ‘फिल्म रमाइलो लाग्यो , कतै हसाउछ भने कतै भावनात्मक बनाउछ’ उनले भनिन् । उनले विशेष गरि फिल्मको तिन युवाको बोन्डीङको तारिफ गरिन् ।
सुनिल गुरुङको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ केन्द्रिय भूमिकामा छन् । तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा आधारित भएर बनेको ‘माछा माछा’ को कथा निर्देशक सुनिल स्वयंले लेखेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।











