फिल्म । आफुलाई राजा ठान्ने स्वभावको मानिसको चरित्रमा आधारित रहेर तयार गरिएको फिल्म ‘सेल्फी किंङ’को छायाँकन सकिएको छ । यसको सम्पूर्ण छायाँकन ३३ दिनमा सकिएको हो । दशैं अघि र पछि दुई सेड्युलमा छायाँकन भएका फिल्ममा काठमाडौं, भक्तपुर हुँदै सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायतका रमणीय दृश्यलाई कैद गरिएको छ ।
‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । यसमा शिर्ष भुमिकामा बिपिन कार्की देखिदैछन् । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्म मार्फत बिशाल सापकोटा निर्देशनमा डेब्यु गर्दैछन् । यसमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको एक गीतमा केकी अधिकारी देखिनेछिन् ।
गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेको यस फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।










