सर्वनाममा ‘रुपाकृ’

थियटर । कृष्ण वली र रुपा मगरको कथामाथि बनेको नाटक अहिले कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । नाटक हो, रुपाकृ । विद्युतका प्राविधिक कृष्ण र रुपाले अन्तरजातिय विवाह गरेका हुन् । विवाहको केही समय वित्न नपाउँदै विद्युतको झड्काले कृष्ण मरणसन्न अवस्थामा पुगे । उपचारपछि उनी त बाँचे, तर हात खुट्टा सग्लो रहेन । दुबै हात काटिए । एउटा खुट्टा काटिए । त्यसपछि रुपा र कृष्णले एकअर्कालाई जसरी आड–भरोसा दिएर बाँचे, त्यो सबैको लागि अनुकरणिय थियो ।

रुपा र कृष्णको यही कथालाई बुनेर तयार गरिएको नाटक ‘रुपाकृ’ गएको सोमबारदेखि मञ्चन गरिदैछ । हरेक दिन एउटा शो अपरान्ह पाँच बजेदेखि सुरु हुन्छ । शनिबार एक बजेको अतिरिक्त शो राखिएको छ । नाटक रेनुका कार्कीले निर्देशन गरेका हुन् । प्रस्तुतकर्ता हुन्, नविन अवाल । नविनले यसअघि ‘बिजुली मेसिन’ फिल्म निर्देशन गरिसकेका छन् । ‘रुपाकृ’मा सुनिशा बजगाई, सुदिप जंग कार्की, सुमन कुईकेल, लकेश राई, मयराम ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, रनिव जोशी, परि शाक्यको अभिनय छ ।

कमेन्ट गर्नुहोस्