केदारले भने ,’तपाई नआउनुस् , बरु मै आउँला’

फिल्म । पछिल्लो केहि दिन यता उपत्यका अन्तर्गत पर्ने जिल्लाहरु काठमान्डू , ललितपुर र भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दो छ । लकडाउन अन्त्य भएपछि विभिन्न शहरबाट आउने मानिसहरुका कारण राजधानी असुरक्षित बन्दै गइरहेको अवस्थामा नेपाल सरकारले अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन सर्वसाधारणलाई आग्रह गरिरहेको छ ।

यसैबीच संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माग्ने बुढोको उपनामले चर्चित कलाकार केदार प्रसाद घिमिरेले आफ्नो घरमा नआउन आग्रह गरेका छन् । उनले फेसबुकमा ‘कृपया मेरो घरतिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला । #covid19’ लेख्दै यस्तो आग्रह गरेका हुन् । उनि स्वयम् लकडाउनपछि अत्यावश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्किएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्