छायांकनमा ‘आमा’

फिल्म । ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार हुन लागेको ‘आमा’फिल्मको शुभसाइत गरिएको छ । पशुपति मन्दिरमा शुभसाइत गर्दै यसको छायांकन समेत सुरु गरिएको छ । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै छायांकनमा गएको यस फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । यसलाई फागूण ९ गतेबाट रिलिज गर्ने तयारी समेत गरिएको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा आमा र छोरीको कथालाई उठान गर्नेछ । यसमामा सूर्यमाला खनाल शिर्ष भूमिकामा छिन् । उनको साथमा सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिच्दैछन् भने यसको अधिकांस दृश्य काठमाण्डौ र रामेछापमा खिचिनेछ ।

कमेन्ट गर्नुहोस्