‘वान्स अपन अ टाइम इन हलिउड’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । ह्यान्डसम ब्राड पिट र एकेडेमी अवार्ड विनर एक्टर लियोनार्दो डी’ क्याप्रियो अभिनित फिल्म ‘वान्स अपन अ टाइम इन हलिउड’ पछिल्लो समय चर्चामा छ । यी दुइ मात्र नभई क्विन्टिन ट्यारन्टिनोको निर्देशन रहेको नवौ फिल्म भएकोले पनि प्रतिक्षित र चर्चित छ । यी तिन नाम नै हलिउड फिल्म प्रेमी दर्शकको लागि पर्याप्त छन् । यसै फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म सार्वजनिक ट्रेलरमा यसको कथावस्तुलाई निर्देशकले प्रस्ट्याउन खोजेका छन् । यस पिरियड ड्रामामा हलिउडको सन् १९६९ को समयलाई दर्शाईएको छ । साथै , मिडियामा आएको खबरलाई आधार मान्ने हो भने फिल्ममा त्यतिबेलाकी प्रसिद्ध एक्ट्रेस श्यारन टेटको हत्यामा आधारित छ । यसकारण पनि फिल्मलाई लिएर दर्शकले कौतुहलता बढाई रहेका छन् । यो फिल्म एक्टर ल्युक प्यारीको अन्तिम फिल्म पनि हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्