‘यो भन्दा राम्रो डेब्यु मेरो हुने थिएन ‘

फिल्म । सन् २०१७ कि मिस नेपाल निकिता चण्डक नेपाली फिल्ममा यसै वर्ष फिल्म ‘साङ्लो’ मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन । उनले डेब्यु गर्ने भनिएको फिल्म ‘रानी महल’ निर्माण नभएपछी यसमा अनुबन्धित भएकी हुन् । तर , यतिबेला उनले फिल्ममा काम गरिसक्दा यो भन्दा राम्रो डेब्यु आफ्नो लागि कदापी हुन् नसके बताइन ।

‘विराज दाईले मलाइ यसरी सहज बनाइ दिनु भयो कि मैले आफ्नो ओपिनियन सजिलै राख्थे अनि उँहाबाट धेरै सिके’ उनले भनिन् । त्यसो त उनि फिल्मको प्रस्ताव आउँदा नगर्ने मनसायका साथ् टिमलाई भेट्न पुगेकी थिइन् । तर , विराजको न्यारेशनले उनलाई ‘इम्प्रेश’ गर्यो । ‘स्क्रिप्ट सुन्दा नै मैले उँहाको क्षमतालाई बुझ्ने मौका पाएको थिए’ निकिता भन्छिन्,’उँहाबाट मैले धेरै सिक्ने मौका पाएको छु ।’

‘साङ्लो’ मा संगालेको अनुभवले नयाँ फिल्मलाई मदत गर्नेमा उनि ढुक्क छिन् । निकिताले आफूलाई विराजले जुनियर भनेर कहिले नसोचेको बताइन् । उनले विराज र आफ्नो सोच र व्यवहार पनि एउटै भएको कारण उमेरअन्तरको प्रभाव नदेखिए बताइन । ‘उँहाले मलाइ जुनियर हौ भन्ने फिल्म कहिले हुन् दिनु भएँन’ उनले भनिन् ,’उँहा म भन्दा निकै सिनियर आर्टिस्ट हुनुहुन्छ तर पनि सहज वातवरण बनाइदिनु भयो ।’ शुटिङ अगाडी विराज र निकिताले डान्स र जिमसँगै गर्थे । यसले उनीलाई नजिक पनि बनायो भने खुलेर कुरा गर्न सक्ने पनि भए ।

माघ २४ गते प्रदर्शन हुने फिल्म ‘साङ्लो’ विराज भट्ट अभिनेतासँगै निर्माता र निर्देशकको रुपमा पनि छन् । यसै फिल्म मार्फत उनले निर्देशनमा डेब्यु गर्दैछन् । यसमा विराज र निकितासँगै प्रकाश शाह, कामेश्वर चौरासिया, आरपी पन्त, जयनन्द लामा, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । किड्नी तस्करीको कथा उठाइएको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन, मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्