शाहरुखको गुनासो

0 Shares

बलिउड । रोमान्स किङको उपनामले बलिउडमा परिचित शाहरुख खानले एक फिल्म फेस्टिभलमा सम्बोधन गर्ने क्रममा आफुले अहिलेसम्म नेशनल अवार्ड प्राप्त गर्न नसकेको बताएका छन् । उनले आफ्नो जीवनमा निर्देशकहरुसँग यहि एउटा गुनासो रहेको समेत खुलाए । उनले भने ‘मलाइ नेशनल अवार्ड विनर बन्ने फिल्म नै आएनन् वा मलाइ त्यस्तो भूमिकामा अप्रोच गरिएन ।’ तर उनले यसको पछाडी आफ्नै कारण रहेको बताए । उनले आफुलाई हेरेर निर्माता तथा निर्देशकले फिल्म अफर गर्ने भएकोले पनि यस्तो भएको स्वीकारे ।

‘मैले ७० बढी फिल्ममा काम गरिसकेको छु तर मैले स्वदेश भन्ने फिल्म मात्र अलि फरक गरेको थिए’ शाहरुखले सम्बोधन गर्दै आफ्नो कुरा राखे । उनले आफुलाई अवार्डमा होस्ट , गेस्ट र डान्सरको रुपमा मात्र बोलाईने गरेको समेत जनाए । शाहरुख पछिल्लो समय फिल्म ‘जिरो’ को कारण चर्चामा छन् । फिल्मलाई अनान्द एल राय जस्ता निर्देशकले निर्देशन गरेका छन् । अब हेरौ , शाहरुखको सपनालाई यो फिल्मले पुरा गर्छ या उनले अन्य फिल्म गर्छन ?

Facebook Comments