फिल्म । अभिनेता बुद्धि तामाङ अभिनयकै कारण चिनिने गर्छन । उनले पाएको भूमिकालाई जीवन्त निर्वाह गर्नेगर्छन् । यसैले पनि उनको चर्चा हुने गर्छ । फिल्म ‘कबड्डी’ मा उनले बोलेको संवाद ‘हैट’ लोकप्रिय भएपछी उनि दर्शकसामँझ परिचित भए । त्यसपछी थियटरमा भेटिने बुद्धिलाई फिल्मको अफरको ओइरो लाग्यो । थियटरकै लागि उनले केहि फिल्मलाई ‘नो’ पनि भन्नु पर्ने अवस्था आयो । तर त्यो सफलता उनले यतिकै प्राप्त भने गरेका होइनन् । उनि रोजगारीकै लागि पहिला गाउबाट काठमाण्डौ आएका थिए ।
‘यो सहरमा आइसकेपछि धाक दिने कसैले केहि गर्न सकेनन्’ बुद्धिले सुरुवाती दिनलाई सम्झिदै भने ‘मैले आमालाई उपचार गराउन यहाँ ल्याको थिए , त्यो बेलामा पैसा चाहिने भएकाले इँटा भट्टामा काम गरे ।’ उनलाई जसरि पनि पैसा कमाउनु थियो । त्यसो त बुद्धिले गाउमै सडक नाटक नगरेका होइनन् तर उनलाई यहाँ कहाँ जाने के गर्ने मेसो थिएन । ‘इँटा बनाउने कामपछी मैले बदाम र बरफ बेच्ने जस्ता काम पनि गरे’ उनि भन्छन् ‘त्यसै क्रममा सडक नाटक गर्ने प्रस्ताव आयो , त्यसपछी अभिनय तीर लागे ।’
सडक नाटक गर्ने क्रममै उनको भेट दयाहाङ राईसँग भयो । ‘दया दाइसँग भेट भएपछी म थियटर तिर पनि लागे’ बुद्धि भन्छन् ‘सडक नाटक त ५ सय जति गरिसके भने थियटर चाही २५ वटा मात्र गरेको छु ।’ उनले फिल्म पनि झन्डै ४५ को हाराहारीमा गरिसकेका छन् । प्राय उनले कमेडियनकै भूमिका निर्वाह गर्ने गर्छन । साथै , अभिनयमा उनलाई नाच्न निकै कठिन लाग्छ । ‘मलाइ रोमान्स र नृत्य एकदमै कठिन लाग्छ’ उनि भन्छन् ‘म आफ्नै किसिमले नाच्छु पछी त्यो स्टेप रिपिट गर्न सक्दिन ।’ उनले पछिल्लो समय आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बीर विक्रम २’ मा भिलेनको भूमिका निर्वाह गरेका छन् ।