दक्षिण अफ्रिकाकी सुन्दरी बनिन् ‘मिस युनिभर्स २०१९’

विदेश । दक्षिण अफ्रिकाकी सुन्दरी जोजीबिनी टुन्जीले मिस युनिभर्स २०१९को ताज पहिरिएकी छन् । अमेरिकाको जर्जियामा भएको अन्तिम प्रतिष्पर्धामा अरू सुन्दरीलाईपछि पार्दै ब्वाइजकट कपाल काटेकी टुन्जीले उपाधि हात पार्न सफल भएकी हुन् । मिस मेक्सिको र मिस पुर्टोरिको मिस युनिभर्सका रनर अप बनेका छन् ।

‘म यस्तो संसारमा हुर्किएँ जहाँ मेरोजस्तो छाला र कपाल हुने महिलालाई कहिल्यै सुन्दर मानिन्नथ्यो,’ उनले भनिन्,‘मलाई लाग्छ त्यो आजदेखि बन्द हुनुपर्छ। बच्चाहरूले मलाई र मेरो अनुहार हेरेर उनीहरूको अनुहार प्रतिबिम्बित भएको देखून् भन्ने चाहन्छु ।’ (एजेन्सी)

कमेन्ट गर्नुहोस्